१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

परिमार्जित स्यान्ट्रो नेपाली बजारमा

Share:
  
नेपालका लागि हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले परिमार्जित मोडलको ‘स्यान्ट्रो’ भित्र्याएको छ ।

मोडर्न लुक्स, स्टाइलिस डिजाइन, आरामदायी क्याबिन, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट सुरक्षा विशेषताका कारण यो मोडल ग्राहकले रुचाउने विश्वास कम्पनीले लिएको छ । नयाँ स्यान्ट्रोमा १७.६४ सेन्टिमिटरको स्मार्टफोन कनेक्टिभिटी, आवाज पहिचान गर्ने प्रविधि जडित अडियो–भिडियो प्रणाली, रियर पार्किङ क्यामरा, रियर एसी, ब्लुटुथ कन्ट्रोल लगायतका प्रिमियम विशेषता छन् ।

त्यस्तै, यसमा एन्टि–लक ब्रेकिङ प्रणाली, इलेक्ट्रोनिक ब्रेकफोर्स, डुअल फ्रण्ट एयर ब्याग लगायतका सुरक्षा विशेषता समेटिएका छन् । नेपालमा स्यान्ट्रोका चार वटा भेरियन्ट उपलब्ध छन् । १०८६ सीसीको पेट्रोल इन्जिनयुक्त स्यान्ट्रोको मूल्य रु.२४ लाख ९६ हजारदेखि २९ लाख ९६ हजारसम्म छ ।

स्मार्ट एप्लाइन्सका एयर कुलर

के एल दुगड समूहको भगिनी संस्था स्मार्ट एप्लाइन्स प्रा.लि.ले ७ देखि ६० लिटर क्षमताका एयरटेक एयर कुलर बजारमा ल्याएको छ ।

हङकङस्थित एयरटेक इन्टरनेशनल कर्प (एचके) लिमिटेडको उत्पादन एयरटेक कुलर गुणस्तरीय र टिकाउ रहेको कम्पनीको दाबी छ ।

एयरटेक एटी–८००–एई एयर कुलरमा कार्बन डस्ट फिल्टरसहितको पोलिमर बडी, अर्थिङ सेफ्टी, हनिकम्बो र आइस च्याम्बरको इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ ।

७ लिटर क्षमताको एटी–८००–एईमा रहेको स्पीड ब्लोअर कन्ट्रोलले प्रतिघण्टा ३०५ क्यूविक मिटर एयर उत्पादन गर्छ । एक वर्षको वारेन्टी रहेको यो कुलरमा कम विद्युत् खपत गर्ने, एलईडी कन्ट्रोल प्यानल, अफ टाइमर लगायतका विशेषता छन् ।

निसान को नयाँ किक्स

नेपालका लागि निशान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि. ले किक्स एसयूभी सार्वजनिक गरेको छ ।

किक्समा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, एलईडी प्रोजेक्टर सहितको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भ्वाइस रिकग्निसन लगायतका विशेषता छन् । किक्स एसयूभी गाडी डिजेल इन्जिनमा एक्स एल, एक्स भी र एक्सभी प्रिमियम गरी तीन भेरियन्टमा उपलब्ध छ । त्यस्तै, पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई भेरियन्ट छन् । यो गाडी पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज लगायत सात रङमा उपलब्ध छ ।

किक्सको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । निशान किक्सको मूल्य रु.४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजारसम्म तोकिएको छ ।

माउन्टेन आइस बजारमा

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीले प्रिमियम स्ट्रङ बियर माउन्टेन आइस बजारमा ल्याएको छ । माउन्टेन आइस मा अन्तर्राष्ट्रियस्तरको माल्ट र प्रशोधित हप्सको प्रयोग गरिएको कम्पनीले जनाएको छ । ६.५ प्रतिशत अल्कोहल रहेको ६५० एमएलको बोतलको मूल्य रु.२३० तोकिएको छ ।

नेशनल ब्याङ्किङ इन्स्टिच्युटले स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा ‘एनबीआई मोबाइल एप्लिकेशन’ शुरु गरेको छ । यसमा वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समेटिएको कम्पनीले जनाएको छ । देशको सबै क्षेत्रका सर्वसाधारणमा वित्तीय ज्ञान पुर्‍याउन र ब्याङ्क तथा वित्तीय संस्था मार्फत आर्थिक कारोबारका लागि प्रेरित गर्न एप्लिकेशन सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । अफलाइन मोडमा पनि चलाउन सकिने एप्लिकेशन गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम