३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

ग्लोबल–कमर्ज एन्ड ट्रष्ट ब्याङ्क गाभिए

Share:
  

'क' वर्गका दुई वाणिज्य ब्याङ्क ग्लोबल आईएमई र कमर्ज एन्ड ट्रष्टले २६ चैतदेखि औपचारिक रुपमै गाभिएर एकीकृत कारोबार शुरु गरेका छन्। गाभिएपछि ब्याङ्कको चुक्ता पूँजी रु.४ अर्ब १० करोड पुगेको छ। गाभिएपछि पनि ब्याङ्कको नाम भने ग्लोबल आईएमई नै राखिएको छ।

चुक्ता पूँजीका हिसाबले ग्लोबल आईएमई निजी क्षेत्रको दोस्रो र शाखा संख्याका हिसाबले पहिलो ब्याङ्क भएको छ। ब्याङ्कले ८० वटा एटीएम मार्फत सेवा दिंदै आएको छ। ग्लोबल आईएमई ब्याङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठूलो पूँजी चाहिने पूर्वाधार, जलविद्युत् आयोजनामा लगानी गर्न मर्जरले सहयोग पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष ढकालले ब्याङ्कले चाँडै नै भारत, दक्षिण कोरिया, अष्टे्रलिया लगायतका ६ मुलुकमा ब्याङ्कको कार्यालय खोलिने जानकारी गराएका छन्।

आठ वर्षअघि १८ पुस २०६३ मा वाणिज्य ब्याङ्कका रुपमा तीन शाखाबाट शुरु भएको ग्लोबल आईएमई ब्याङ्कका एक सय शाखा पुगेका छन्। ब्याङ्कसँग पहिलो आर्थिक वर्षको समाप्तिसँगै रु.३ अर्बको निक्षेप बढेर रु.४९ अर्ब पुगेको छ। अढाइ अर्बको कर्जा बढेर रु.४१ अर्ब पुगेको ग्लोबल ब्याङ्कमा पछिल्लो दुई वर्षभित्र पाँच वित्तीय संस्था जोडिएका छन्।


वारुणयन्त्रलाई मोटरसाइकल

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जुद्ध वारुणयन्त्र कार्यालयलाई १० वटा बजाज तुफानफायर मोटरसाइकल हस्तान्तरण गरेको छ।

मोडिफाई गरिएका एभेन्जर मोटरसाइकलले अग्नि नियन्त्रण तथा उद्धार कार्यमा सहयोग गर्ने कम्पनीको विश्वास छ। सामाजिक उत्तरदायित्व अन्तर्गत हस्तान्तरण गरिएका मोटरसाइकल प्रकोप स्थलमा दमकलभन्दा चाँडै पुगेर उद्धार कार्यलाई सहज बनाउने विश्वास गरिएको छ।

रविनलाई कार्ल्सबर्ग सिरिज

गोकर्ण फरेष्ट रिसोर्टको ग्रिन्समा हालै सम्पन्न कार्ल्सबर्ग गल्फ सिरिज २०१४ को पहिलो संस्करण रविन रानाले जितेका छन्। लामाले ३८ स्कोर गरेर जित हासिल गरेका हुन्। यसैगरी टासी घलेले ३४ स्कोर गरेर उत्कृष्ट ग्रस उपाधि जितेका छन् भने पेम्बा शेर्पा उप–नेट विजेता तथा लोब्साङ टासी ग्रसतर्फ दोस्रो भएका छन्।

तीन संस्करणमा विभाजित श्रृंखलाको अन्त्यमा नेट र ग्रस विधाका उत्कृष्ट खेलाडीलाई कार्ल्सबर्ग सिरिज ग्रस र नेट च्याम्पियन घोषित गरिनेछ।

थापाथलीमा भक्सवागन

नेपालका लागि भक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपालले थापाथली काठमाडौंमा विश्वस्तरीय शोरुम सञ्चालनमा ल्याएको छ। ग्राहकसँगको अन्तरक्रिया र सम्बन्ध कायम गरी बजार विस्तार गर्नुका साथै बिक्रीपछिको सुविधालाई अझ बलियो बनाउनु मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

व्यापार मेला सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हालै वीरगञ्ज र हेटौंडामा नेपाल–भारत व्यापार मेला तथा राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भयो। कन्साई नेरोल्याक पेन्ट्सद्वारा प्रायोजित मेलामा पेन्ट्स सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो। कन्साई नेरोल्याकले वातावरणमैत्री पेन्ट्समा जोड दिंदै आएको छ।

नयाँ वर्ष अफर

तोशिबा ईओएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपले नयाँ वर्ष २०७१ को अवसरमा तोशिबा ब्रान्डका विद्युतीय घरायसी सामानमा स्योर सट तथा एक्सचेन्ज अफर ल्याएको छ।

स्योर सट अफर अन्तर्गत ३९ ईन्चको स्मार्ट एलईडी टीभीमा लोजिटेक किबोड र वायरलेस माउस साथै ३२ ईन्च तथा त्यो भन्दा माथिको एलइडी टीभीमा ४० ग्रामको सिल्भर दियो, २९ इन्चको टीभीमा २५ ग्रामको सिल्भर दियो, २३ र २४ इन्चको एलईडी टीभीमा टिसर्ट र वासिङ मेशीनमा आइरन पाउन सकिने कम्पनीले जनाएको छ। यसैगरी एक्सचेन्ज अफर अन्तर्गत कुनै पनि ब्रान्डका सीआरटी तथा एलसीडी र एलइडी टीभीको सट्टामा तोशिबाको २४ देखि ३९ इन्चसम्मको एलइडी टीभी पाउन सकिने कम्पनीले जनाएको छ।

दरबारमार्गमा सरार

रिचार्म प्रालिले राजधानीको दरबारमार्गमा टर्किस फेशन ब्रान्ड सरारको शोरुम शुरु गरेको छ। रिचार्मका अध्यक्ष अखिल चापागाईका अनुसार नयाँ शोरुममा युरोपमा मात्र पाइने सरार ब्रान्डका गार्मेन्ट राखिएका छन्। नयाँ आउटलेटमा रु.५० हजारदेखि रु.१ लाखसम्मका सूट उपलब्ध छन्। यी ब्रान्ड प्रतिष्ठित व्यवसायी र उच्च सरकारी अधिकारीमाझ्ा लोकप्रिय हुने अध्यक्ष चापागाईको विश्वास छ। ल

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७४औं बैठकले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र २८.५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

मेगा ब्याङ्क नेपालले मेगा डिपोजिट धमाका खाता पुनः संचालनमा ल्याएको छ। न्यूनतम रु.१ लाख मौज्दातमा खोल्न सकिने ६५ दिने मुद्दती खातामा ७ प्रतिशत वार्षिक व्याजको रकम ६५ दिनमा भुक्तानी गरिने ब्याङ्कले जनाएको छ।

comments powered by Disqus

रमझम