७-१३ वैशाख २०७१ | 20-26 April 2014

कोका–कोलाको विश्वकप

Share:
  

कोका–कोला नेपालले चार भाग्यशाली ग्राहकलाई फिफा विश्वकप फूटबल प्रत्यक्ष हेर्ने अवसर दिने भएको छ। कोका–कोलाको २५०, ३००, ५०० मिलि र १.५ लिटरका बोतलका बिर्को मुनिका ९ अंकको कोड कोक टाइप गरी ७७२२ मा एसएमएस गरेर भाग लिन सकिने छ। विजेतालाई वर्ल्डकपको ब्राजिलमा हुने आगामी संस्करणमा प्रत्यक्ष फूटबल हेर्न निःशुल्क टिकट दिइने छ। १० अप्रिल २०१४ देखि २५ मे २०१४ सम्म लागू हुने यो योजना मार्फत ग्राहकलेे २५० मिलिको निःशुल्क कोका–कोला र हरेक साताको लक्की ड्र मार्फत २ हजार ५०० वटा कोका–कोलाका पुरस्कार पाउने छन्।

गोदरेजको पक्का उपहार

गोदरेजको आधिकारिक बिक्रेता ईओएल प्रालिले नयाँ वर्षको अवसरमा हरेक सामानको खरीदमा उपहार दिने योजना ल्याएको छ। २१ चैतदेखि निश्चित अवधिभर लागू हुने योजना अन्तर्गत ग्राहकले रेफ्रिजेरेटरको खरीदमा रेफ्रिजेरेटर किट र कम्बो सेट तथा वासिङ मेशीनको खरीदमा रिको स्टिम आइरन पाउने छन्।

केल्भिनेटर चेस्ट फ्रिजर

सीजी इलेक्ट्रोनिक्सले अमेरिकन प्रविधिको केल्भिनेटर चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ११० देखि ४६० लिटरसम्म विभिन्न क्षमताका यी फ्रिजर सस्तो र गुणस्तरीय हुनुका साथै कम विद्युत् खपतमै लामो समयसम्म खानेकुरा सुरक्षित राख्ने र छिटो चिसो बनाउने क्षमता भएको कम्पनीले जनाएको छ।

हिरोका नयाँ मोटरसाइकल

हिरो मोटोकर्पले १०० सीसीको इन्जिन अटो अन र अफ हुने (आईथ्रीएस) प्रणालीयुक्त नयाँ स्प्लेन्डर आइस्मार्ट मोटरसाइकल बजारमा ल्याएको छ। यो प्रणालीमा ट्राफिकमा बाइक रोक्दा स्वतः इन्जिन बन्द हुने र क्लच विस्तारै थिच्दा तुरुन्तै अन हुँदा उच्चतम माइलेज हुने मोटोकर्पले जनाएको छ। स्टाइल, पर्फमेन्स र सुरक्षाको संयोजनयुक्त बाइकको बजार मूल्य रु.१ लाख ५१ हजार छ। यसैगरी हिरोले १५० सीसीको एकीकृत बे्रकिङ्ग प्रणाली अन्तर्गतको नयाँ प्लेजरमा सुरक्षित र नियन्त्रित ब्रेकिङ प्रणाली रहेको कम्पनीले जनाएको छ।

रोजगारी पसल

रोजगारी सर्भिसेस् प्रालिले श्रम र कामदार सम्बन्धी सूचना प्रदान गर्न काठमाडौंको शान्तिनगर, दाङको घोराही तथा रामेछाप र दोलखामा रोजगारी पसल संचालनमा ल्याएको छ। दक्ष, सीपयुक्त र तालिमप्राप्त जनशक्तिलाई लक्षित गरी सूचना र परामर्श दिन रोजगारी पसल स्थापना गरिएको कम्पनीले जनाएको छ। पसल मार्फत विदेशमा कामदारको खोजीमा रहेको कामदारलाई रोजगारीको सूचना तथा रोजगारदातालाई दक्ष कामदारको सूचना दिइने छ।

सुरुङमार्गमा रु.१ अर्ब

कुलेखानी–हेटौंडा सुरुङ्गमार्गको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनीले रु.१ अर्बको शेयर टीबीआई होल्डिङ्स कम्पनी लिमिटेड जापानलाई बिक्री गरेको छ। यस सम्बन्धमा राजधानीमा कम्पनीका अध्यक्ष कुशकुमार जोशी तथा टीबीआईका अध्यक्ष भवन भट्टबीच शेयर खरीद सम्झौतामा हस्ताक्षर भएको हो। निर्माण सञ्चालन स्वामित्व र हस्तान्तरण अन्तर्गत निर्माण हुने यो परियोजनाले राजधानीलाई हेटौंडासम्म ५८ किमीको चार लेनको द्रुतमार्ग मार्फत जोड्ने छ।

करीब रु.३५ अर्ब लगानी प्रस्तावित आयोजना निर्माण भएपछि काठमाडौंबाट हेटौंडा एक घन्टाभन्दा कम समयमा पुग्न सकिने बताइएको छ। यो सडकबाट आवतजावत गर्नेसँग यात्रा दूरी घट्दा बचत हुने जम्मा इन्धनको एकतिहाइ रकम शुल्कका रुपमा उठाइने र लगानीकर्तालाई प्रतिफल र लगानी फिर्ता दिने योजना छ।

नेशनल ब्याङ्किङ इन्ष्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुम र सुनसरी जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। संस्थाले यसअघि चितवन, मकवानपुर, धादिङ, दाङ, काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा वित्तीय साक्षरता सचेतना कार्यक्रम गरेको थियो। वित्तीय साक्षरता बढाई वित्तीय सेवामा पहुँच पुर्‍याउन यस्तो कार्यक्रम ल्याएको इन्ष्टिच्युटले जनाएको छ। ल

comments powered by Disqus

रमझम