१२-२५ असोज २०७१ | 28 September 2014

फेस्टिभल अफर

Share:
  

एलजीको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले एलजी रेड फेस्टिभल अफर ल्याएको छ। यो अफर अन्तर्गत, एउटा सामानको खरीदमा अर्को निःशुल्क उपहार पाइनेछ। उपभोक्ताले ४२ इन्चभन्दा माथिको एलजी थ्रीडी टीभीको खरीदमा होम थिएटर, माइक्रोवेभको खरीदमा कुकिङ किट लगायतका उपहार पाउनेछन्।

बिक्यूको नयाँ स्मार्टफोन

बिक्यू मोबाइलको आधिकारिक विक्रेता होराइजन इन्टरप्राइजेजले नयाँ मोडलका बीक्यू ई–२ स्मार्टफोन र एस–५० मोडलको ट्याब्लेट पीसी बजारमा ल्याएको छ। एन्ड्रोइड ४.२ जेलिबिन अपरेटिङ सिस्टम, ४ जिबी इन्टरनल मेमोरी, ५१२ एमबीको र्‍याम, फ्लास लाइट सहितको ५ मेगापिक्सल रियर क्यामरा, ७ इन्चको आइपिएस स्त्रि्कन रहेको एस–५० को मूल्य रु.१० हजार छ। बीक्यू ई–२ स्मार्टफोनको मूल्य रु.७ हजारदेखि रु.७ हजार ५०० पर्छ।

यामाहाको विजय यात्रा

एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहारको अवसरमा ल्याएको विजय यात्राको तेस्रो साप्ताहिक लक्की ड्र मार्फत शंकर सुतिहारले रु.१ लाख तथा मोहन न्यौपाने र किसन थारुले जनही रु.२५ हजार जितेका छन्। यो योजना अन्तर्गत यामाहा बाइकको खरीदमा रु.१० हजार र स्कूटरमा रु.८००० छूट पाइनेछ।

हिरोको विजेता

हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ्गले दशैंतिहारको अवसरमा ल्याएको क्यासमा क्यास अफर योजना अन्तर्गत जगलाल थारुले रु.१ लाख नगद पुरस्कार जितेका छन्।

सीजी सेलेरियो

सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अटोगेयर चेन्ज सुविधा सहितको सुजुकी सेलेरियो नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली सडक सुहाउँदो यो कारले २३.१ किमि प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। रु.१९ लाख ९० हजार सुरुआती मूल्य रहेको कारको खरीदमा रु.१ लाखसम्मको नगद छूटका साथै स्क्र्याच कुपन मार्फत थप रु.५० हजारसम्म जित्न सकिनेछ।

सोनीका टीभी

सोनीले नयाँ सिरिजका एचडी टीभी बजारमा ल्याएको छ। उत्कृष्ट साउन्ड सिस्टम र दृश्यसहितको ब्राभिया फोकेका तीन सिरिज, फुल एचडी टीभीका चार सिरिज र आर सिरिज टीभीका दुई सिरिज बजारमा ल्याएको हो।

ई टु ओ विद्युतीय कार

महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडलेे वायु प्रदूषण नियन्त्रणका लागि सुधारिएको ई टु ओ विद्युतीय कार भित्र्याएको छ, जसको मूल्य रु.२४ लाख ३५ हजार तोकिएको छ।

सुपली मसला

प्राकृतिक खाद्य उद्योगले सुपली छाप ब्राण्डका मसला बजारमा ल्याएको छ। नुन र बेसारबाहेक थप मसला हाल्नु नपर्ने यी मसलामा कुनै पनि रंग, गन्ध र रसायन नमिसाइएको कम्पनीको दाबी छ। कम्पनीले मासुको परिकारका लागि पीपला, जाइफल जस्ता जडीबुटी मिश्रित नेपाली स्वादको मासु मसला बजारमा ल्याएको छ। त्यस्तै, माछामा हुने विष मार्ने टिम्बुर मिसाइएको माछा मसला र शाकाहारी व्यञ्जनका लागि करी मसला बजारमा ल्याएको छ।

फ्लाइको अफर

प्रिज्म टेक्नोलोजीले चाडपर्वको अवसरमा फ्लाइ स्क्र्याच एण्ड विन अफर सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ३० कात्तिकसम्म फ्लाइ मोबाइलको कुनै पनि खरीदमा पाइने स्क्र्याच कार्डबाट रु.५० हजारसम्म नगद र थुप्रै स्मार्ट फोन जित्न सकिनेछ।

हाम्रो स्टोरको योजना

हाम्रो स्टोर डटकमले ह्याप्पी दशैं फुलक्यास ब्याक अफर सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत हाम्रो स्टोर डटकमबाट रु.१० हजारभन्दा बढीको अनलाइन सपिङ गर्नेमध्ये एक खरीदकर्ताले सामान खरीद गरेको रकम बराबरको उपहार जित्न सक्नेछन्।

पानासोनिक मोबाइल

एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले नेपाली बजारमा पानासोनिक मोबाइल भित्र्याएको छ। कम्पनीले ६ असोजदेखि पानासोनिकका ११ मोडल बजारमा ल्याएको हो।

बायोटेकका उत्पादन

बायोटेक स्पि्रट्स नेपालले उत्कृष्ट प्रिमियम बायो ह्वीस्की र बायो भोड्का बजारमा ल्याएको छ। बायो ह्वीस्की र भोड्कामा उच्चस्तरको प्रिमियम ग्रेन स्पि्रट, उत्कृष्ट माल्ट र १६ प्रकारका प्राकृतिक जडीबुटीको सम्मिश्रण छ।


आईएमईले रेमिट्यान्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड सेवा शुरु गरेको छ। विदेशबाट पठाएको रेमिट्यान्स रकम सेवाग्राहीले कार्डको माध्यमबाट जुनसुकै एटीएम मेशीन र पीओएस मेशीन जडित कुनै पनि मर्चेन्टबाट भुक्तानी लिन सक्नेछन्।

मनिग्रामले दशैं–तिहारको अवसरमा सुनौलो अफर योजना ल्याएको छ। यो योजना अन्तर्गत हरेक ग्राहकले हरेक कारोबारमा स्टाइलिस र मल्टीपर्पोज स्ट्रयाप ब्याग उपहार पाउने छन्।

मेगा ब्याङ्कले ग्राहक लक्षित 'मेगा ग्राहक सप्ताह' मनाएको छ। ब्याङ्कका नयाँ ग्राहकले मेगा योङस्टार खातामा बचत गरेको रकमको १ प्रतिशत बराबरको रकम ब्याङ्कले ग्राहकका तर्फबाट अनाथ तथा असहाय बालबालिकाको शिक्षामा सहयोग गरिदिने योजना पनि सार्वजनिक गरेको छ।

प्रभु मनी ट्रान्सफर र लुम्बिनी ब्याङ्कबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झ्ाौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि प्रभुका सेवा लुम्बिनी ब्याङ्कका शाखाहरुमा उपलब्ध हुनेछन्।

comments powered by Disqus

रमझम