१६-२९-पुस-२०६९ | 31-Dec-2012-13-Jan-2013

सिप्रदीका नयाँ सेवा

Share:
  

टाटा मोटर्स को नेपालस्थित अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले नैकापमा सिप्रदी ट्रेनिङ सेन्टर स्थापना गरेको छ। सेन्टरले टाटा मोटर्स का सवारी साधनका मेकानिक्स, ड्राइभर लगायतलाई तालिम दिने जनाएको छ। यसैगरी कम्पनीले शुरू गरेको सिप्रदी एक्सप्रेस सेवा अन्तर्गत एलपीटी २५१५, २५१६ र २५१८ टाटा ट्रक ले ७२ घण्टाभित्र मर्मत सेवा पाउने र त्योभन्दा बढी लागे दैनिक रु.११०० का दरले कम्पनीले क्षतिपूर्ति दिने जनाइएको छ। 

 
शेर्पामलमा सामसुङ 
राजधानीको दरबारमार्गस्थित शेर्पा मलमा सामसुङ ले नयाँ प्रिमियम ब्राण्ड–शप (शोरुम) स्थापना गरेको छ। यो शोरुम हालसम्म नेपालमा खुलेका मध्ये सबैभन्दा आधुनिक र सुविधासम्पन्न भएको अधिकृत बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजले जनाएको छ। पाँच स्मार्ट टेबलहरू रहेको शोरुमका हरेक टेबलमा ६ वटा एकै मोडलका फोन तथा ट्याव राखिएको छ। शोरुममा रु.१८०० देखि रु.७० हजारसम्म मूल्यका २० भन्दा बढी मोडलका मोबाइल फोन तथा ट्यावहरू राखिएका छन्। 
 
नर्टन बिक्रेता नियोटेरिक  
सेक्युरिटी सफ्टवेयरमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी साइमेन्टेकले नर्टन का उत्पादन बिक्री गर्न निओटेरिक नेपाललाई अधिकृत बिक्रेता चयन गरेको छ। नर्टन ३६०, नर्टन इन्टरनेट सेक्युरिटी, नर्टन एन्टिभाइरस लगायतका सफ्टवेयरहरू अत्यन्त सुरक्षित, छिटो र राम्रोसँग चल्ने कम्पनीको दाबी छ। नियोटेरिकले सफ्टवेयर बिक्रीसहित साइबर अपराधसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने जनाएको छ। 
 
यामाहा लाइक माइ स्टाइल 
यामाहा मोटरसाइकल ले युवावर्ग लक्षित यामाहा लाइक माइ स्टाइल फेसबुक अभियान शुरू गरेको छ। अभियान अन्तर्गत यामाहाका आर–१५, एफजेड–एस, फेजर र एसजेड–आर मोडलका बाइकमध्ये कुनै एकमा बसेर आफू वा साथीसँग स्टाइलिस फोटो खिचाइ यामाहा नेपालको फेसबुक पेजमा राख्नेमध्ये अत्यधिक 'लाइक' पाउनेले रु.२ लाख नगद जित्नेछ। यामाहा को नेपालस्थित अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका अनुसार सामाजिक सञ्जाल फेसबुकप्रति युवावर्गको बढ्दो अभिरुचिका कारण यस्तो योजना ल्याइएको हो। 
 
एनएलजी को  पशु बीमा 
एनएलजी इन्स्योरेन्सले बीमा समितिबाट पशुधन बीमालेख जारी गर्ने स्वीकृति लिई एग्रो अर्गेनिक कोअपरेटिभ प्रालिका गाईको बीमा गरेको छ। बीमालेखमा तोकिएको भौगोलिक क्षेत्रभित्र आगलागी, चट्याङ, बाढी, डुबान, हुरीबतास, सरुवा रोग वा अन्य कुनै प्राकृतिक कारणले पशुधनको नाश भएमा कम्पनीले क्षतिपूर्ति दिने जनाइएको छ। 
 
जंगल सफारीमा छुट 
चितवनको जङ्गल सफारी लजले अंग्रेजी नयाँ वर्षको अवसरमा कोठाको मूल्यमा २५ प्रतिशत तथा रेष्टुरेण्टको बिलमा १५ प्रतिशत छुटसहितको विशेष छुट योजना पस्केको छ। कोठाको मूल्य रु.९९९ बाट शुरू हुने र प्याकेजमा प्रतिव्यक्ति रु.२ हजार ९९९, ४ हजार ९९९ र ६ हजार ९९९ मा सहभागी हुनेले क्रमशः एक, दुई र तीन रातको बाससहित लन्च, डिनर र ब्रेकफास्ट तथा सम्पूर्ण सफारी गर्न पाउने होटलले जनाएको छ। 
 
राकुरा चिया  
४० वर्षदेखि चिया उत्पादन, प्याकेजिङ र निर्यात गर्दै आएको हिमाल टी इण्डष्ट्रिजले राकुरा ह्यावेन्ली क्लासिक ब्राण्डको चिया बजारमा ल्याएको छ। राकुरा चिया ग्रीन, ब्ल्याक र सीटीसीको गरी तीन प्रकारमा उपलब्ध छ। इलाम र झ्ापाका १४०० साना किसानलाई चिया उत्पादनमा सहयोग गरिरहेको जनाएको कम्पनीका पछिल्ला उत्पादनको मूल्य प्रतिप्याकेट रु.५५ देखि रु.१९० सम्म तोकिएको छ। 
 
सामाजिक उद्यमीलाई अवार्ड 
देशका विभिन्न भेगमा सामाजिक उद्यम गर्दै आएका पाँच जना व्यवसायीहरू सूर्य नेपाल प्रालि आशा सामाजिक उद्यमशीलता अवार्ड बाट पुरस्कृत भएका छन्। कृत्रिम रंग्याउने (डाइङ) को विकल्पसहित समुदायमा सीप प्रदान गरी महिलालाई रोजगारी दिएबापत ककनी हिमालयन नेचुरल डाइजकी शान्ति डोल्मा, दृष्टिविहीनलाई रोजगारी सिर्जना तथा सीप हस्तान्तरण गर्ने सिइङ् ह्यान्ड्स क्लिनिकका चिरञ्जीवी पौडेल, घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने हेल्थ एट होम प्रालिका डा. विशाल ढकाल, परम्परागत कलाको प्रशिक्षण दिने नेपाल ट्रेडिसनल ह्यान्डिक्राफ्ट ट्रेनिङ सेन्टरका प्रचण्ड शाक्य र अल्लोका कपडा बनाएर ग्रामीण रोजगारी सिर्जना गर्ने पर्वतको हमपाल अल्लो तथा कपडा बुनाइ उद्योगकी जसमाया पुनले रु.१ लाख नगदसहित सो अवार्ड पाएका हुन्। सूर्य नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेपछि गत वर्षदेखि चेन्जफ्युजन नेपालले राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को सहकार्यमा यो अवार्ड दिंदै आएको छ। 
 
डिस होममा एसएलसीको ट्युसन  
p50
 
डिस होमका सिइओ श्रेष्ठ र मार्केटिङ डाइरेक्टर
आचार्य (बायाँ)।

मुलुककै पहिलो डाइरेक्ट ब्रोडकाष्ट सेटेलाइट प्रविधिमा आधारित डिस होम प्रालिले एसएलसी परीक्षार्थीलाई लक्षित गरी अनिवार्य अंग्रेजी, गणित र विज्ञानको ट्युसन शुरू गरेको छ। ७५ वटै जिल्लामा सेवा विस्तार गरेको कम्पनीले ग्रामीण भेगका विद्यार्थीहरू बढी फेल हुने विषयमा टेलिभिजनबाट ट्युसन शुरू गरेको प्रमुख कार्यकारी अधिकृत रवीन्द्रमान श्रेष्ठले जानकारी दिए। यसका लागि आफ्नो छुट्टै च्यानलबाट कम्पनीले बिहान साढे ६ बजेदेखि १ घण्टा अंग्रेजी र त्यसपछिको १ घण्टा गणित तथा बेलुका साढे ७ बजेदेखि १ घण्टा विज्ञानको ट्युसन पढाउन शुरू गरेको हो। 

 
यसका लागि विशेषज्ञ शिक्षकहरूको टीम बनाइएको छ। पहिले छुटेका विद्यार्थीका लागि अर्को सत्र छिट्टै शुरू गर्ने तथा त्यसमा भने रिसिभर बक्समा रहेको रेकर्डिङ सुविधामार्फत कार्यक्रम रेकर्ड गरी विद्यार्थीले अनुकूल समयमा हेर्न सक्छन्। हालसम्ममा १ लाख ९० हजार घरमा पुगिसकेको डिस होमले अबको एक वर्षभित्र त्यति नै सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। श्रेष्ठ भन्छन्, “हाम्रो ठूलो बजार बनिसकेको ग्रामीण भेगकै विद्यार्थीहरू एसएलसीमा यी तीन विषयमै अनुत्तीर्ण हुने गरेको पाइएपछि ट्युसन शुरू गरेका हौं।” 
 
एसएलसी ट्यूसनलगत्तै ११ र १२ कक्षाका विद्यार्थीका लागि पनि ट्युसन सञ्चालन गर्ने कम्पनीको योजना छ। “टेलिभिजन मनोरञ्जनको साधन मात्र हो भन्ने बुझ्ाइमा पनि परिवर्तन ल्याउन चाहन्छौं”, श्रेष्ठ भन्छन्, “यसले ट्युसन पढ्नुपर्ने समस्याबाट विद्यार्थीले छुटकारा पाउनेछन्।” पढाएको विषयमा विद्यार्थीलाई कुनै समस्या भएमा सोध्नका लागि शिक्षकलाई मोबाइल फोन पनि दिइएको छ। यसरी सोधिएको जिज्ञासाको जवाफ शिक्षकले भोलिपल्टको कक्षामा दिने व्यवस्था मिलाइएको छ।  
 
डिस होमले आफ्नो सेटअप बक्स रु.५ हजार ९९९ मा बिक्री गर्दै आएको छ। ट्युसनबाहेक मासिक न्यूनतम रु.१७० तिरेर ३८ वटा स्वदेशी/विदेशी च्यानल हेर्न सकिन्छ। साथै क्रमशः रु.२५०, रु.२८० र रु.४०० तिरेर ७० वटासम्म च्यानल हेर्न पाइन्छ। डिस होमले सञ्चालनको दुई वर्षमा रु.५० करोडभन्दा बढी राजस्व तिरिसकेको कम्पनीका सेल्स तथा मार्केटिङ निर्देशक सुदिप आचार्य बताउँछन्। 

इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) ले नुवाकोटको खानी गाउँस्थित नारायणदेवी उमाविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ७ पुसमा सम्पन्न शिविरमा त्रिशूली मेडिकल कलेजका डाक्टर तथा नर्सले ३०० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।  

ब्याङ्क अफ काठमाण्डूले युवा पुस्तामा ब्याङ्किङ कारोबार र बचतबारे चेतना अभिवृद्धि गराउन वित्तीय शिक्षा अभियान विस्तार गरेको छ। सन्धिखर्क, तम्घास, खाँदबारी, डडेलधुरा, खैरेनीटार र जनकपुरस्थित विभिन्न विद्यालय तथा कलेजहरूमा यस्तो अभियान सञ्चालन गरेको हो। ब्याङ्कले १०–२२ उमेर समूहका युवा वर्गलाई लक्षित गरी 'बिओके चेतनशील युवा बचत योजना' पनि सञ्चालनमा ल्याएको छ। 
 
मेगा ब्याङ्कले चैतभित्र २९ वटा शाखारहित ब्याङ्किङ सेवा थप्ने जनाएको छ। माइक्रो ब्याङ्किङ कार्यक्रममा आबद्ध भएर दिइने यस्तो शाखारहित सेवा अब ४५ वटा ग्रामीण क्षेत्रमा पुग्नेछ।  
 
नेपाल ब्याङ्क लिमिटेडले पूँजी वृद्धि योजना कार्यान्वयनका लागि प्रमुख शेयरधनीहरूसँग दोस्रो चरणको छलफल गरेको छ। हाल रु.३८ करोड चुक्तापूँजी भएको मुलुकको सबैभन्दा पुरानो वाणिज्य ब्याङ्कले १ः९.५ का दरले हकप्रद शेयर जारी गरी रु.४ अर्ब पूँजी पुर्‍याउन लागेको छ। 
 
एभरेष्ट ब्याङ्कले पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेलगत्तै युवावर्ग लक्षित सदिच्छा बचत खाता पनि सञ्चालनमा ल्याएको जनाएको छ। अभिभावकले नाबालक छोराछोरीका नाममा सो खाता खोल्दा प्रचलित व्याजदरमा ०.५० प्रतिशत व्याज थपिने जनाइएको छ।

 

comments powered by Disqus

रमझम