१२-१८ असार २०७३ | 26 June - 2 July 2016

स्कोमाडी नेपालमा

Share:
  

आभास इन्टरनेशनलले बेलायतको स्कोमाडी ब्रान्डको स्कूटर भित्र्याएको छ। 'क्लासिक' र 'ट्रेन्डी' मोडलका यी स्कूटर सात रङ र स्टाइलमा उपलब्ध छन्। १२६ सीसीको यो स्कूटरमा ११ लीटर इन्धन अट्छ। काठमाडौंमा मुख्य कार्यालय रहेको स्कोमाडी ले हालै मात्र पोखरामा शाखा खोलेको छ।

फोर्ड को वर्षगाँठ मनाइँदै

फोर्ड मोटर कम्पनीले ११३औं स्थापना दिवस नेपालमा पनि मनाउने भएको छ। आधिकारिक बिक्रेता जिओ फोर्ड ले जून महीनाभर स्थापना दिवस मनाउने जनाएको छ। यस अवसरमा फोर्ड ले आउँदो १२ असारमा फोर्ड मोटर धनीका लागि निःशुल्क जीओ कार्ट रेसिङको घोषणा गरेको छ। यसबाहेक ह्युमन स्वीङ, होभर बोर्ड, मेल्ट डाउन खाना र पेयका कार्यक्रम पनि सञ्चालन गरिने कम्पनीको विज्ञप्तिमा छ। सन् २०१० मा फोर्ड नेपाल प्रवेश गरेको हो।

इन्डेक्स को मेम्बर्स मन्थ्

इन्डेक्स फर्निचरले ग्राहकहरूका लागि 'मेम्बर्स मन्थ्' योजना सार्वजनिक गरेको छ। जून १५ देखि जुलाई ३१ सम्म लागू हुने यो योजना अन्तर्गत कम्पनीले सबैखाले फर्निचरका सामानमा १० प्रतिशत र पहिल्यै छूटमा रहेको फर्निचरमा थप पाँच प्रतिशत छूट दिने योजना ल्याएको छ।


मनिग्राम (एनएएसडीएक्यू एमजीआई) ले भुक्तानी सेवा कम्पनी आईपे रिलायबलसँग सहकार्य गरेको छ। काठमाडौंको भाटभटेनीमा मनिग्राम पेमेन्ट सर्भिस एण्ड कष्टमर सपोर्ट सेन्टरको उद्घाटन गर्दै मनिग्रामका दक्षिणएशिया निर्देशक शेसागिरी मलियाहले यो सेवामार्फत उपभोक्ताले पायक पर्ने स्थानको छनोट गरी सहज भुक्तानी सुविधा लिन सक्ने दाबी गरे।

मनिग्राम ग्लोबल सेण्ड नेटवर्कको माध्यमबाट उपभोक्ताले मुलुकका आईपे केन्द्रका आधिकारिक आउटलेटहरूमार्फत रकम संकलन गर्न सक्नेछन्। सहकार्यको थालनीसँगै आईपेले मनिग्रामका उपभोक्ताका लागि निःशुल्क 'टक टाइम' योजना समेत ल्याएको छ। योजना अन्तर्गत रकम प्राप्त गर्ने उपभोक्तालाई स्क्र्याच कार्ड पनि उपलब्ध गराइनेछ, जस अन्तर्गत भाग्यशाली विजेताले रु.१ हजारसम्मको 'टकटाइम भ्याल्यू146 प्राप्त गर्ने कम्पनीको भनाइ छ।

हिमालयन ब्यांक लिमिटेडले 'अनाथ असहाय बाल सुधार संघ' लाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ। बूढानीलकण्ठस्थित उक्त संघमा रहेका ३४ बालबालिका माझ्ा ब्यांकका महाप्रबन्धक सुशील जोशीले सहयोग हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।

नबिल ब्यांकले ३२ जना दृष्टिविहीन विद्यार्थीलाई सेतो छडी वितरण गरेको छ। ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनीले सेतो छडी वितरण गरेको जनाएको छ।

प्रभु ब्यांक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालिबीच विद्युतीय हस्ताक्षरसम्बन्धी सम्झौता भएको छ। विद्युतीय हस्ताक्षरले ब्यांकका आन्तरिक र बाह्य ग्राहकसँगको विद्युतीय कारोबार अझ सुरक्षित हुने ब्यांकको विश्वास छ। सम्झ्ाौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गरेका छन्।

ग्लोबल आईएमई ब्यांक लिमिटेडले लमजुङस्थित प्यासिफिक डेभलपमेन्ट ब्यांकलाई अधिग्रहण गर्ने भएको छ। त्यससम्बन्धी समझ्ादारीपत्रमा ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्यासिफिकका अध्यक्ष भेषबहादुर पौडेलबीच हस्ताक्षर भएको छ। प्यासिफिकको कुल चुक्ता पूँजी रु.११ करोड छ। अधिग्रहणपछि ग्लोबल आईएमईको कुल चुक्ता पूँजी रु. ६ अर्ब २७ करोड, कुल निक्षेप रु.७१ अर्ब, कर्जा लगानी रु. ६१ अर्ब र शाखा ९४ वटा पुगेको छ।

सिद्धार्थ ब्यांक लिमिटेड र बिजनेश युनिभर्सल डेभलपमेन्ट ब्यांक गाभिएका छन्। मर्जरपछि ब्यांकको चुक्ता पूँजी रु.३ अर्ब २ करोड पुगेको छ। यी दुवै ब्यांकले गत वर्ष १६ करोड नाफा गरेका थिए।

comments powered by Disqus

रमझम