कुलदीप क्षेत्री बुलिङटार–२, नवलपरासी
गुणस्तर र सेवाशुल्कमा ध्यान
“सेवा स्तरीय भए शुल्कमा गुनासो हुँदैन” (१–१५ असार) पढेपछि स्वास्थ्य क्षेत्रका कमी कमजोरीहरू थाहा पाएँ । स्वास्थ्य सेवामा हुनुपर्ने गुणस्तर र सेवाशुल्कका बारे लेखकले भनेझ्ैँ ध्यान दिने हो भने अधिकांश डाक्टरहरू विरामी र तिनका परिवारबाट आरोपित हुनबाट जोगिने छन् ।
गोपाल बराल बराहक्षेत्र–४, सुनसरी
लादेन कि हुसेन ?
“पाँचौँ वर्षमा आईईसी” (१–१५ असार २०६०) मा एक जना नेपाली चेलीको पहिरन देखेर अचम्म लाग्यो । इराक युद्धका दुई नाइके जर्ज बुस र टोनी ब्लेयरका घाँटीमा झ्ुण्डिने रंगीविरंगी टाई खिपेर हाम्री चेलीले जामा पो लगाइछिन् ! त्यति मात्र हो र ? हातमा र खुट्टामा पनि टाइ बाँधेकी ! यो त पश्चिमी सभ्यताको ‘अभिमान’ टाइको दुरुपयोग भएन र ? कतै यसखाले पहिरनका डिजाइनर लादेन या हुसेन त होइनन् ?
देवनारायण काफ्ले अयोध्यापुरी, माडी, चितवन
गरौँ अनुगमन
कति लुटिने यी पहाडहरू ? (सेरोफेरो १६–३१ जेठ) मा भनिएको सत्य कुरा कतिलाई नपच्न सक्छ । विदेशबाट आयात गरी नेपालमा बनेको टाँचा लगाई भारत पठाउने काम कसले गर्दैछ भन्ने कुरा अवश्य पनि अनुगमनको विषय हो ।
सुबोध क्षेत्री लाहान–१, सिराहा
कति सपना देख्ने ?
“क्रान्तिका नायक र सपनाको व्यापार” (१६–३१ जेठ) यथार्थपरक, विश्लेषणात्मक र मननीय छ । जनतासँग सम्बन्धित अनेकौँ प्रश्नलाई लेखक (डा. सरोज धिताल) ले सरल रूपमा प्रस्तुत गर्नुभएको छ । त्यसैले कसका लागि क्रान्ति गर्ने भन्ने कुरा हामीले सोच्नुपर्छ । सीमित बाठाहरूलाई सत्तामा पु¥याउन हामीले कहिलेसम्म बलिदान दिने ? २००७, ०१७, ०४६ सालमा जनतालाई मीठो सपना देखाउनेले के गरे ? के जनताको सपना पूरा भयो ? मलाई राज्य देऊ म ‘रामराज्य’ दिन्छु भन्दै अझ्ै क्रान्ति वा आन्दोलनमा जनतालाई उत्रिन उक्साउने जुनसुकै वादको अभीष्ट सत्ता हो भन्ने कुरा प्रमाणित भइसक्यो । होइन भने किन कहिल्यै पनि मुलुकमा विकास हुन सकेन ?
मातृका पौडेल टङ्किसिनवारी–१, मोरङ्ग
विचरा तारा
‘एक आन्दोलनकारीको व्यथा’ (१६–३१ जेठ) ले २०४६ सालमा भएको जनआन्दोलन फेरि सम्झयो । आन्दोलनको नाममा कैयौँले ज्यानको आहूति दिए भने कति जना तारा खड्का जस्तै अलपत्र परेका होलान् । जनताको पसिनाबाट भरिएको देशको ढुकुटीलाई रित्याउने ‘नेता’ हरूले तारा जस्ता युवाहरूको ऋण कहिले चुकाउलान् ?
उत्तम भट्टराई पो.ब.नं. ८१८, लैनचौर, काठमाडौँ
बन्दनालाई सान्त्वना
“सेनको महिमा र बन्दनाको सुस्केरा” (१६–३१ जेठ, खगेन्द्र सङ्ग्रौला) पढेपछि अत्यन्त दुःख लाग्यो । सात वर्ष लामो सङ्घर्ष र उथलपुथलमा सेनजस्ता कैयौँले आफ्नो जीवन उत्सर्ग गरेका छन् । देशले पूर्ण शान्ति र निकास पाएपछि बन्दनाजस्ता बेसहारा र टुहुराहरूले राहत, सहयोग र शहीदहरूले अवश्य सम्मान र कदर पाउने छन् भन्ने विश्वास गरौँ ।
नेमराज घले ‘निराश’ बारपाक–९, गोरखा
कहाँ छन् बुद्ध ?
“कहाँ छन् गान्धी” (१६–३१ जेठ) शीर्षकको ‘पोष्टर’ सिर्जनात्मक त लाग्यो तर त्यसमा संयोजित चित्रले दिन खोजेको कुरो स्पष्ट लागेन । पोष्टरमा स्वयम्भूका दुई आँखाको पृष्ठभूमिमा गान्धी उभिएका छन् । शान्तिको भावना जाग्ने वित्तिकै हाम्रो मनमा गौतम बुद्धको सम्झ्ना आउँछ । ‘शान्तिका प्रतीक’ बुद्धभन्दा परतिर कसको नाम लिनुपर्ला र ? बुद्ध र गान्धी दुवै आफ्ना ठाउँमा स्तुत्य छन् । तर आफ्नो राष्ट्रिय सन्दर्भ र पृष्ठभूमिलाई पनि मनन गर्नु जरुरी हुन्छ जस्तो मलाई लाग्छ । हामी हाम्रा बुद्ध गान्धीभन्दा अगाडि उभिएको हेर्न चाहन्छौँ ।
जयराज भट्टराई काठमाडौँ डोन बस्को कलेज नयाँ बानेश्वर, काठमाडौँ
“परिवर्तनका एजेण्डा” (१६–३१ जेठ) ले पढ्नेलाई भित्रैदेखि घचघच्याएको छ । कनक दीक्षितको “तथ्य र तर्कको खाँचो” ले रहस्य र भ्रमको खेती गर्नेहरूलाई चोटिलो प्रहार गरेको छ । “माओ, गान्धी र दिव्योपदेश” ले भ्रमित पार्न खोजिएको महसूस भयो । विदेशी बाँदरहरूको आँखा चिम्लेर अनुसरण गर्न खोज्ने नेपाली समाजको स्वभावलाई त्यसमा एकातिर विरोध गरिएको छ भने अर्कोतिर भारतबाट ‘गान्धीवाद’ भिœयाउनुपर्ने कुराको वकालत पनि छ । गान्धीको ‘रामराज्य’ पनि यथार्थमा एउटा काल्पनिक व्यवस्था मात्र हो ।
खगेन्द्र गिरी ‘कोपिला’ महेन्द्रनगर, कञ्चनपुर
जनजाति पछाडि
‘तथ्य र तर्कको खाँचो’ (१६–६१ जेठ) ले आफ्नो सुविधा र स्वार्थपूर्तिको लागि सत्यलाई बङ्ग्याएर प्रस्तुत गर्ने संस्कार भएका हाम्रा नेता र बुद्धिजीवीहरूको अचेतन मनलाई अवश्य झ्क्झ्क्याएको हुनुपर्छ । सोही अङ्कको “प्रतिनिधित्वको लागि आरक्षण” मा बाहुन÷क्षेत्रीको राष्ट्रिय पञ्चायत सदस्य सङ्ख्या २०३७ सालमा ५० प्रतिशत रहेकोमा २०५६ सालमा ६३ प्रतिशत पुगेको एवं सरकारी जागिरमा बाहुन÷क्षेत्रीको उपस्थिति २०४०÷४२ सालको ६९ प्रतिशत बढेर २०५७ सालमा ९८ प्रतिशत पुगेको देख्दा पिछडिएको जनजातिको अवस्थामा प्रजातन्त्रले सुधार ल्याउन नसकेको स्पष्ट भयो । के यसतर्फ कसैको ध्यान जाला ?
कमल सुब्बा, कृष्ण गुरुङ हालः संयुक्त अरब अमिरात्
सन् १९५० को सन्धि खारेज गर्दा विदेशी वा नेपाली कसलाई मर्का पर्छ भन्ने तर्फ कसैले पनि ध्यान पु¥याएको देखिँदैन । जसमा जनतालाई लड्न पठाउने अनि आफूलाई वीर नेपाली भनेर पुकार्ने बानी त्यागेर अन्धराष्ट्रवादको पछि लाग्न छाडौँ । त्यसले कसैको पनि हित गर्दैन ।
आर. स्वार धनगढी नगरपालिका, कैलाली
किन यस्तो अन्योल ?
“कोरियाको लाइन” (१–१५ जेठ) पढेपछि वैदेशिक रोजगारमा आकर्षित नेपाली युवाहरूको जमातलाई स्वदेशमै रोजगारको व्यवस्था गरी राष्ट्र निर्माणको काममा सरिक गराउनुको बदला राष्ट्रलाई राजनीतिक अन्योलको भुमरीमा कतिञ्जेल जाकिरहने भन्ने लाग्यो ।
मोहनचन्द्र दाहाल हालः फाकुम्बा–१, ताप्लेजुङ
देशमा सुशासन कायम गरी भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्रमा पूर्ण बन्देज लगाई स्वर्णिम नेपालको निर्माण गरौँ । विभिन्न कारणले देश छोडेर विदेशिएका हामीजस्ता कैयौँ नेपाली युवाहरूलाई स्वदेशमा नै उचित रोजगार दिई विदेशी दलालका हातबाट मुक्त गराउनुहोस् यही छ सम्पूर्ण देशबासीहरूलाई हामी प्रवासीहरूको नयाँ वर्षको शुभकामनासँगै अनुरोध ।
युवराज निरौला पो.ब.नं. ६९९२, युएई, दुबई
मुलुकको उर्जाशील शक्ति यसरी पलायन हुनु कुनै पनि राष्ट्रका लागि शुभ सङ्केत होइन । यसको मूल्य नेपाली समाज र राष्ट्रले कालान्तरमा चुकाउनु त पर्नेछ । वैदेशिक रोजगारबाट कामदारका परिवार आंशिक रूपमा लाभान्वित त होलान् तर विदेशमा काम गर्नेहरू त्रासको वातावरणमा बाँचेका हुन्छन् । किनभने कुनै पनि बेला समातिएर नेपाल फर्किनुपर्ने भय हुन्छ उनीहरूलाई ।
लोक गुरुङ हालः बेलायत
सेना बढाउनु मूर्खता हुन्छ
“सैनिक वृद्धि वा कटौती ?” (१–१५ जेठ) मा पाठक प्रतिक्रियाहरू निकै रोचक थिए । जसमध्ये ‘मास सेना’ गठन (इजरायल, स्वीट्जरल्याण्ड यसका उदाहरण हुन्) गरेर शाही एवं जनसेनालाई ‘विकासे सेना’ बनाउँदै लैजाने सम्बन्धमा सोच्नुपर्छ भन्ने विचार निकै चित्तबुझदो र प्रभावकारी लाग्यो । “... वार्ता सफल भए त सेनाको सङ्ख्या कटौती गर्नैपर्छ, तर भङ्ग भएमा नबढाई सुखै छैन,” निश्चल ‘थोपा’ को यो विचार भने मान्न सकिएन । किनभने, विगतमा पनि सङ्कटकाल लगाएर सेना परिचालन गरिएकै हो । तर, माओवादी समस्याको समाधान हुन सकेन । खाली निर्दोष मान्छे मार्ने र समस्याको आगोमा घ्यू थप्ने काम भयो । त्यसैले सैनिक सङ्ख्या वृद्धि गरी, जनता मारेर मात्र माओवादी समस्या समाधान हुन्छ भन्ने सोचाइ मूर्खता सिवाय केही होइन । सातवर्षे जनयुद्धलाई मनन् गर्दा, मुलुकमा दीर्घकालीन शान्तिसुव्यवस्था कायम गर्न, सत्ताका दावेदारहरूले जनताको पक्षमा त्याग गर्नुपर्ने उपयुक्त समय आइपुगेको बुझ्न्छि । खुकुरीले बाटामा लगाइएका काँढाहरू काटिए त राम्रै हो तर बगैँचाका कोपिलाहरू ठुन्क्याइएमा राम्रो हुँदैन । अन्ततः ‘बहस’ मा कृष्ण हाछेथुद्वारा उठाइएका कुराहरूलाई बहसको विषय बनाई निष्कर्षमा पुग्नुपर्ने देखिन्छ ।
इन्द्रकुमार श्रेष्ठ सरस्वती मावि, ओखलढुङ्गा
शुभकामना/सल्लाह
“नेपाली पत्रकारितामा हिमाल का सय अङ्क” (१६–३१ जेठ) राम्रो लाग्यो । हिमाल मा समसामयिक घटनाको गहिराइसम्म पुगेर गरिएको विश्लेषण निकै पठनीय हुन्छ । उदाहरणको रूपमा राजदरबारको हत्याकाण्ड लगत्तै निस्किएका अङ्कलाई लिन सकिन्छ । हिमाल को लेखलाई नै अधिकांश पत्रिकाले दोहो¥याएर छापेका थिए । सङ्कटकाल प्रारम्भ भएपछि प्रजातन्त्रमाथि खतरा छ भन्ने नै हिमाल थियो । तर, हिमाल को नराम्रो पक्ष पनि छ । हिमाल ले आवरण पृष्ठको इन्सेट र भित्री पेजमा युवतीको फोटो राख्नु त्यसको उदाहरण हो । विज्ञापन बढी छाप्नु र छिट्छिटो मूल्य वृद्धि गर्नु पनि राम्रो पक्ष होइन । समीक्षामा हिमाल लाई साप्ताहिक बनाउनुपर्ने कुरा लेखिएको छ, तर यस कुरासँग म सहमत छैन । साप्ताहिकमा घटनाको विश्लेषण गहिराइसम्म नहुनसक्छ कि ?
निश्चल “थोपा” नारायणपुर–१, दाङ
नेपाली भाषी पाठकहरूकाबीच लोकप्रिय बनेको हिमाल खबरपत्रिका ले एक सय अङ्क प्रवेश गरेकोमा खुशी लाग्यो । हार्दिक बधाई ! भविष्यमा अझ् खोजमूलक र गम्भीर विषयहरूमा लेख र रिपोर्टहरू पढ्न पाइयोस् ।
गङ्गाराम अर्याल कुमारीपाटी–१९, ललितपुर
भुवनेश्वर अर्याल श्री ग्वादी मावि, गुल्मी
दीपक कार्की रामेछाप, धुसाल
सय अङ्क प्रवेश गरेकोमा हिमाल खबरपत्रिका लाई बधाई ! आइन्दा चिठीपत्र स्तम्भमा प्रकाशित हुने उत्कृष्ट पाठक प्रतिक्रियालाई तीनदेखि ६ महिनासम्म हिमाल निःशुल्क उपलब्ध गराए कसो होला ?
नेत्रकुमार नेपाल सप्तरी, हालः बुटवल
हिमाल पैसा कमाउने माध्यम मात्र नबनोस् । भरमार विज्ञापन छाप्नुभन्दा जनताका जल्दाबल्दा समस्या छापिउन् ।
इशु शेर्पा धरान–११, सुनसरी
कायम रहोस् सद्भाव
यसपालिको प्रेस फोटो अन्तर्गत “शान्तिको सिञ्चन” (१–१५ जेठ) धार्मिक सहिष्णुताको उत्कृष्ट नमूना हो । बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक हाम्रो देश नेपाल धार्मिक स्वतन्त्रताको लागि विश्वभर परिचित रहनु नै हाम्रा लागि खुसी र गौरवको विषय हुनेछ । के त्यो तस्बिरले सबैलाई यही कुरा सिकाउन सक्ला ?
शिव ढुङ्गाना श्री सिद्धस्थान प्रा.वि., ओखलढुङ्गा
गजल
बाबुरामको ’नि मनलाई मातृप्रेमले छुँदो रै’छ
.
बाबुआमा लिई तिमी तीर्थ हिँडेछौ बाबु
हाम्रा त छोरा मारिए त्यसै, आँसु चुहुँदो रै’छ
.
बाध्यता र अभावले सेना, जनसेना भए छोरा
भिडन्तमा मारिएपछि मातृ मन रुँदो रै’छ
.
अन्धविश्वासको विरोधी हुँ भन्छौ बाबुराम
तर, आस्था, विश्वास मार्न गाह्रो हुँदो रै’छ
.
जेजे भाथ्यो विगतमा, इतिहास बनाइदेउ
बाँच्नेको त माया लाग्छ, समय आँसु धुँदो रै’छ
(सबै नेपाली बृद्ध बा–आमाका तर्फबाट) प्रकाश आस्था, गोस्र्याङ्ग–७, नुवाकोट