११ चैत्र २०६९ | 24 March 2013

सर्च' टिप्स

Share:
  
- गणेश आचार्य
इन्टरनेटमा आफूले खोजेकै कुरा ठ्याक्कै भेट्ने केही उपाय छन्।

इन्टरनेट महासागर हो। जहाँ आफूले चाहेको चिज भेट्टाउन सर्च इन्जिनले सहयोग गर्छ। लाखौं वेबसाइट र ब्लगमा भएका जानकारी खोज्न सघाउने सर्च इन्जिनमध्ये गुगल कर्पोरेसनको www.google.com लोकप्रिय छ। अमेरिकाका ल्यारी पेज र रसियाका सर्जे ब्रिनले १९९८ मा स्थापना गरेको गुगल कर्पोरेसनले त्यही वर्षबाट गुगल सर्च सार्वजनिक गरेको थियो। शुरूमा अंग्रेजीमा मात्र उपलब्ध गुगल सर्च अहिले विश्वका १२२ भाषामा बनेको छ। गुगलमा अहिले दैनिक करीब हजार करोड सूचना खोजिन्छ। अहिले त यसमा टेक्स्ट र तस्वीरदेखि अर्थ, मौसमी खबर, टाइम जोन, नक्सा, भूकम्पको तथ्यांकदेखि पर्यायवाची शब्दसम्मका ३० थरी डाटा खोज्न पाइन्छ।

गणितज्ञका अनुसार 'गुगल' शब्दको खास अर्थ १ को पछाडि १०० वटा शून्य हो। गुगल सर्चमा पनि कुनै एउटा कुराको धेरै नतिजा भेटिने भएरै यसको नाम गुगल राखिएको विश्वास गरिन्छ। तर, यति धेरै रिजल्टबाट आफूले चाहेको कुरा भेट्टाउनु अर्को महाभारत हुन सक्छ। आफूले चाहेकै चिज ठ्याक्क भेट्टाउन चाहिं केही उपाय अपनाउनुपर्छ, जसबाट धेरै रिजल्टको सामना गर्नु नपरोस्।

उद्धरण चिन्ह प्रयोगः कुनै निर्दिष्ट या खास शब्दावली खोज्नका लागि उद्धरण (“ ”) चिन्हको प्रयोग गर्दा गुगलले क्रम नबिगारेर जस्ताको तस्तै शब्दावली खोज्छ। जस्तो, "himalkhabarpatrika" सर्च गर्दा तीनवटै शब्द एकैठाउँमा भएको नतिजा देखिन्छ।

+वा – चिन्ह प्रयोगः कहिलेकाहीं कुनै शब्दसहित नतिजा चाहिंदा ‍(+) चिन्ह प्रयोग गर्नुपर्छ। जस्तो, Health Ministry मात्र सर्च गर्दा संसारभरको Health Ministry आउन सक्छ। Health Ministry+Nepal लेख्दा चाहिं नेपालको स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित नतिजा मात्रै आउँछ। आफूले नचाहेको चिज हटाउन–चिन्ह प्रयोग गरिन्छ। जस्तै, : Ministries of Nepal-Health लेखेर सर्च गर्दा स्वास्थ्य मन्त्रालय बाहेकका नतिजा देखिन्छन्।

: चिन्ह प्रयोगः निश्चित वेबसाइटभित्र कुनै सूचना खोज्न M को प्रयोग गरिन्छ। जस्तो, चलचित्र : www.himalkhabar.com लेखेर सर्च गर्दा हिमालखबरको वेबसाइटमा भएका चलचित्र सम्बन्धी नतिजाहरू देखिन्छन्। नेपाली शब्द लेख्न नेपाली युनिकोड प्रयोग गर्नुपर्छ।

~ चिन्ह प्रयोगः पर्यायवाची शब्दहरू खोज्न ~ चिन्ह प्रयोग गरिन्छ। सर्च वक्समा ~ moon लेखेर सर्च गर्दा त्यसका पर्यायवाची शब्दहरू भएको बेवसाइटहरू देखिन्छन्।

निश्चित फर्मेटका फाइलः इन्टरनेटमा आफूलाई चाहिएको वर्ड, एक्सेल, पावर प्वाइन्ट, पीडीएफ आदि फर्मेटका फाइलहरू खोज्नुछ भने फाइलको नामपछि थोप्लो (.) लेखेर फाइल फर्मेट लेख्नुपर्छ। जस्तो, management.p मा सर्च गर्दा व्यवस्थापनसँग सम्बन्धित पीडीएफ फाइलहरू देखिन्छन्। वर्डका लागि .doc/.docx,, एक्सेलका लागि.xls/.xlsx र पावर प्वाइन्ट फाइलका लागि .ppt/.pptx टाइप गर्नुपर्छ।


डिक्सनरीः शब्दको अगाडि define लेखेर सर्च गर्दा त्यो शब्दको अर्थ भेटिन्छ। जस्तो, define nutrition सर्च गर्‍यो भने nutrition को अर्थ देखिन्छ।

क्याल्कुलेटरः क्याल्कुलेटरको पनि काम गर्ने गुगल सर्चमा 88*96 लेख्दा ८८ र ९६ को गुणन संख्या आउँछ। दुईवटा अंकको बीचमा जुन गणितीय चिन्ह राखेर सर्च गर्‍यो त्यसैको उत्तर देखिन्छ।

मुद्रा विनिमय दरः गुगल सर्चबाट मुद्राको विनिमय दर पनि थाहा हुन्छ। जस्तो, 100 USDtoNPR सर्च गर्‍यो भने १०० अमेरिकी डलर बराबरको नेरु. देखाउँछ। मुद्राको संक्षिप्त रुप (USD, NRP) थाहा नभए मुद्राको पूरा नाम (Rupees,Dollars ) लेखे पनि हुन्छ।

पब्लिक डाटाः गुगलले आफ्नो पब्लिक डाटा वेबसाइट (www.google.com/publicdata) मा राखेका जानकारीहरू सजिलै सर्च गर्न सकिन्छ। population nepal लेखेर सर्च गर्‍यो भने नेपालको जनसंख्या देखाउँछ।

मौसमः कुनै स्थानको अहिलेको मौसम र केही दिनपछिसम्मको मौसमको पूर्वानुमान हेर्न सर्च बक्समा weather टाइप गरेर स्थानको नाम टाइप गरी सर्च गर्नुपर्छ। जस्तै, weather Kathmandu सर्च गर्ने हो भने काठमाडौंको यो हप्ताभरिको मौसमको पूर्वानुमान देखिन्छ।

एकाइ परिवर्तनः तौल, दूरी, ताप जस्ता नापहरूको एकाइ परिवर्तन गर्न पनि सकिन्छ। जस्तै, 100 Meter to Inch लेखेर सर्च गर्दा १०० मिटरलाई इन्चमा बदलेको नतिजा आउँछ।

समयः कुनै स्थानको अहिलेको समय थाहा पाउन बक्समा time लेखेर स्थानको नाम लेखी सर्च गर्नुपर्छ। जस्तै, time paris सर्च गर्दा पेरिसको अहिलेको समय देखाउँछ ।

comments powered by Disqus

रमझम