२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

‘चल्ला मार्न बाध्य छौं’

Share:
  

एकातिर बिक्री नभएको भन्दै चल्ला मार्ने र अर्कातिर कुखुराको मासुको भाउ बढ्ने विरोधाभास अवस्थाप्रति नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेल भन्छन्, “दुई वर्षदेखि हामी घाटैघाटामा छौं।”

तपाइँहरूले चल्ला मारेको एक महीनापछि मासुको मूल्य अस्वाभाविक बढ्यो, किन चल्ला मार्नुभयो ?

हामी कुखुरा उत्पादन गर्ने किसान होइनौं । हामीले उत्पादन गरेका चल्ला बिक्री भएनन्, अनि मार्‍यौं । नबिकेपछि चल्ला मार्नु हाम्रो बाध्यता हो ।

नबिकेका चल्ला यत्तिकै राख्न सकिंदैन ?

अण्डाबाट चल्ला उत्पादन हुन २२ दिन लाग्छ । चल्ला निस्केको ७२ घण्टाभित्र खोरमा हाल्नुपर्छ । नभए ती चल्लालाई मार्नुबाहेक अर्को विकल्प छैन । हामीले चल्ला अहिले मात्र मारेका होइनौं । डेढ वर्षदेखि नबिकेका चल्ला मार्दै आएका छौं ।

डेढ वर्षसम्म असर देखिएको थिएन तर, यसपटक चल्ला मार्दा मासुको मूल्य किन बढ्यो त ?

किसानले कुखुरा पाल्नै छोडे । किनभने कुखुरापालन व्यवसायमा टिक्न सक्ने अवस्था नै छैन । किसान दुई वर्षदेखि लगातार घाटामा छन् । घाटाको व्यापार किसानले कहिलेसम्म गर्ने ?

घाटाको व्यवसाय कसरी धानिरहनुभएको छ त ?

ब्याङ्कमा ऋण छ । त्यसैले ब्याङ्कलाई देखाउन पनि व्यवसाय गर्नुपर्ने बाध्यता छ । किसानको समस्या बुझिदिने कोही छैन । भन्ने ठाउँ पनि छैन । एक दिन नाफा होला भन्ने आशैआशमा डुब्यौं ।

किसानको समस्या समाधान गर्न सरकारले के गर्नुपर्छ ?

चल्ला मारेका कारण मासुको मूल्य बढेको भन्दै हामीलाई दोष दिएका छन् । प्रतिकेजी रु.२० मा पाइने मकैको मूल्य रु.५० र भटमासको मूल्य रु.८० पुगेको छ । तर, कुखुराको मूल्य चार वर्षदेखि एउटै छ । जिउँदो कुखुरा किसानले कम्तीमा प्रतिकेजी रु.२२० मा बेच्न पाउनुपर्दछ । सरकारले अण्डा, कुखुरा र चल्लाको लागत मूल्य तोकिदिनुपर्छ ।


‘राष्ट्रिय स्वाधीनता’ का नाममा एनेकपा माओवादीले गरेको आन्दोलनले देशलाई पराधीनतातिर डोर्या‍इरहेको निष्कर्षसहित हिमाल ले १६–२९ माघ २०६६ मा माओवादी–भारत सम्बन्धी विशेष रिपोर्ट छापेको थियो– ‘पराधीनताको आन्दोलन’ ।

सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले शुरु गरेको कूटनीतिक सीमाभन्दा बाहिरको उग्र आन्दोलनले निम्त्याएको भारतीय स्वार्थको चलखेल तथा हस्तक्षेप औपचारिक–अनौपचारिक दुवै स्तरमा देखिन थालेका थिए । ‘राष्ट्रिय स्वाधीनता’ का नाममा भारतको सत्तोसराप गर्ने र ‘राष्ट्रिय मुक्तियुद्ध’ को शैलीमा ऊ विरुद्ध नै खनिने माओवादी कार्यशैलीले भारतको हस्तक्षेपकारी भूमिका स्थापित गराउन खोजिरहेको थियो । जसका कारण सार्वभौम अस्तित्व बोकेको मुलुक विदेशी चलखेलको चङ्गुलमा पर्न थालेको थियो ।

दशक लामो हिंसात्मक विद्रोहको अधिकांश समय माओवादी नेतृत्व भारतमै बसेर युद्धको परिचालन गरेको थियो । त्यो सम्बन्धको पृष्ठभूमिमा भारतलाई पुनस्र्थापित गराउने चेष्टा स्वरूप एनेकपा माओवादीले नयाँदिल्लीलाई मुलुकको आन्तरिक मामलामा हावी हुन आह्वान गरिरहेको थियो । विरोधाभास कस्तो भने, यो सब गर्ने माओवादी आफूलाई सबभन्दा बढी ‘राष्ट्रवादी’ दाबी गरिरहेको थियो ।

comments powered by Disqus

रमझम